तेस्रो प्रयासमा सुदूरपश्चिमले पायो सभामुख, सत्ता गठबन्धनले जुटायो बहुमत

Bhim bhandari

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा एमाले नेतृत्वको सत्ता गठबन्धन तेस्रो प्रयासमा सभामुख पदका लागि बहुमत जुटाउन सफल भएको छ । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । तेस्रोपटक मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा भण्डारीका पक्षमा २९ मत खस्यो । उनका विपक्षमा २३ मत खस्यो ।

सभामुख चयनका लागि भएको मतदानमा ५२ सांसद सहभागी थिए । माओवादीका नेता भण्डारीलाई सत्तारुढ एमाले, नागरिक उन्मुक्ति र राप्रपाले मत दिएका हुन् । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत ल्याए ।

यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो । कांग्रेसका दिवानसिंह, गिता चौधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले तीन मत कम पाएका थिए । माओवादीकी लक्ष्मी बिक पनि निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा रावलको विपक्षमा २८ मत परेको थियो ।

सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुनः मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२/२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए । तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।

सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री र माओवादी केन्द्रलाई सभामुखको बाँडफाँट छ । नागरिक उन्मुक्तिलाई उपसभामुख दिने भनिएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्तिले यसअघि सभामुख निर्वाचनमा सघाइरहेको थिएन । सोमबार नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दलका सांसदहरुलाई गठबन्धनलाई मतदान गर्न तर उपसभामुख र सरकारमा भने नजान निर्देशन दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...