लुम्बिनीको सभामुखमा तुलाराम घर्ती निर्विरोध, उपसभामुखमा ३ जनाको उम्मेदवारी

Tularam gharti lumbini savamukh

काठमाडौं । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएको छ ।

सत्तापक्षीय गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमती भएको थियो । त्यही सहमती अनुसार एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सभामुखका उम्मेदवार घर्तीको प्रस्तावमा एमाले नेता एवं प्रदेशसभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् ।

सत्तापक्षीय गठबन्धनमा रहेर मुख्यमन्त्रीमा गिरीलाई समर्थन गरेको उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दिएको छ । उक्त पार्टीले सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ ।

उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ । ‘सभामुखमा एक जनाको र उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ,’ उनले भने, ‘अबको प्रक्रिया भोलिको बैठकबाटै अघि बढ्छ ।’

उपसभामुखका उम्मेदवार नेपाली कांग्रेसबाट विश्वप्रेम पाठकको प्रतावकमा कांग्रेसका प्रदेशसभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल छन् । यस्तै राप्रपाकी उम्मेदवार खाँणको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गाप्ता छन् । त्यस्तै नागरिक उन्मुक्तिकी चौधरीको प्रस्तावकमा सोही पार्टीकै प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी रहेका छन् ।

गठबन्धनले एक मन्त्रालय मात्र दिने तयारी गरेपछि उन्मुक्तिले उपसभामुखमा उम्मेदवारी दिएको हो । सत्तापक्षीय गठबन्धनमा ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...