सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार भण्डारीको विपक्षमा ‘फ्लोर क्रस’, शुक्रबार फाइनल हुने

Sudurpaschim prades baithak

धनगढी । सत्तारुढ गठबन्धनको समर्थन रहेका माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई सभामुख हुनबाट रोक्न फ्लोर क्रस भएको छ । जसका कारण भण्डारीले प्रदेश सभामा बहुमत पाउन सकेनन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकले सभामुख पदका लागि निर्वाचन गराएको थियो । जसमा प्रतिपक्ष दल कांग्रेसका मानबहादुर रावल र सत्ता पक्षका तर्फबाट माओवादीका भीम भण्डारीले सभामुख पदका लागि मनोनयन दर्ता गराएका थिए । सुदूरपश्चिममा हाल कायम सम्पूर्ण प्रदेश सभा सदस्यको संख्या ५३ जना छ । सभामुख हुन उम्मेदवारले कम्तीमा २७ मत ल्याउनुपर्छ ।

सत्तारुढ गठबन्धनको पक्षमा माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर कूल २९ सांसद छन् । तर, सभामुखका प्रत्याशी माओवादीका भण्डारीले त्यो मत पाउन सकेनन् । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिमको सभामुखको मतविभाजनमा ५० जना मात्रै उपस्थित थिए ।

उनलाई सभामुख चयनका लागि जानकी बम ऐरले प्रदेश सभामा राखेको प्रस्तावको पक्षरविपक्षमा मत विभाजनका क्रममा एक मत बदर परेको छ । सत्तारुढ गठबन्धनको एक मत ‘क्रस’ भएको हो । मतविभाजनका क्रममा अर्को मतदाताको नामावलीमा दस्तखत गरेको भेटिएको छ । जसले गर्दा भण्डारीले सभामुख चयनका लागि बहुमत पाएनन् ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका शिवराज भट्टले भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको घोषणा गरे । ‘भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी माननीय जानकी बम ऐरले राखेको तत्काल कायम रहेको सम्पूर्ण प्रदेश सभा सदस्यको बहुमत नभएकाले अस्वीकृत भएको घोषणा गर्दछु,’ उनले भने ।

नेकपा एमाले चक्र मल्ल, नागरिक उन्मुक्तिका राजकिशोर चौधरी बैठकमा अनुपस्थित थिए । कांग्रेसका शिवराज भट्टले सभाको अध्यक्षता गरेकाले मत विभाजनमा भाग लिन पाएनन् । प्रदेश सभाले सभामुख चयन गर्न अर्को बैठक भोलि बिहान ११ बजे बोलाइएको छ । यसअघि कांग्रेसले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

कांग्रेसका सांसद मेघराज खड्काले राखेको ‘मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको हो । सो प्रस्तावको पक्षमा २३ सांसद र विपक्षमा २७ मत आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...