सत्ता गठबन्धनको बैठक आज ३ बजे बस्ने, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

Satta gathabandan dal baithak

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् विस्तार लगायत अन्य विषयमा छलफल गर्न बुधबार प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका थिए । दुई नेताका बीचमा लामो छलफलपछि आज दिउँसो ३ बजे सत्ता साझेदार दलहरुको बैठक बोलाइएको हो ।

यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाए पनि मन्त्रिपरिषद्‌ले पूर्णता भने पाएको छैन । कतिपय मन्त्रीहरु बिना विभागीय रहेका छन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सत्ता साझेदार दलहरुबीच केन्द्र र प्रदेश सरकार विस्तारबारे बैठकमा छलफल गरिने भएको छ।

राप्रपा, जसपा र अन्य दलहरु पनि सरकारमा सहभागी भएका छैनन् । संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रावधान छ । आजको बैठकमा सरकारलाई समर्थन गरेका दलहरुको सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस