प्रतिपक्षमा रहनेगरी एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

Madhab nepali

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त समर्थन गर्ने भएको छ ।

आज बिहान बसेको सचिवालय बैठकले सरकारलाई ससर्त समर्थन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘बैठकले यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ, अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेन्डाहरू राखिनेछन्, ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ ।’

राष्ट्रियता, सुशासन, बिग्रिंदै गएको अर्थतन्त्र र राष्ट्रिय महत्वका विषय आफ्ना एजेन्डा रहेको खतिवडाले बताए । प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् ।एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसद्को सोमबार भएको पहिलो बैठकमा दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए । नेकपा एसले वाग्मति सरकारमा पनि माओवादी नेतृत्वलाई समर्थन गरेको छ ।

प्रतिकृया दिनुहोस