प्रचण्डले आज विश्वासको मत लिने दिन, कांग्रेस र एकीकृत समाजवादीले आज को बैठक निर्णय गर्ने

Prachand

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले १५ दिनमै विश्वासको मत लिन लागेका हुन् । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ । जुन पर्याप्त हो ।

तर, प्रचण्डलाई नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय आज गर्दैछन् । त्यसबारे निर्णय गर्न दुवै दलको संसदीय दलको बैठक छुट्टाछुट्टै बस्दै छ । संसदीय दलको बैठक अघि कांग्रेसको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने छ । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने दुवै दलका नेताहरुले बताएका छन् ।

कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धनबाट अलग भएर माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेको भन्दै कांग्रेस र एकीकृत समाजवादी असन्तुष्ट छन् । तैपनि प्रचण्डलाई विश्वासको मत दिने पक्षमा एकीकृत समाजवादी सकारात्मक छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विश्वासको मत दिने वचन दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस