गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिए शपथ

Khagraj adhikari

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री अधिकारीसहित अन्य तीनजना मन्त्रीले पनि शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

एमाले संसदीय दलका नेता अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । अधिकारीले एमाले, माओवादी, राप्रपा र एक स्वतन्त्रसहित ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस