छातीमा हात राख्दै रवि लामिछानेले भने, ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’

Rabi lamichane 56

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

उनले जनताको पिरमर्का सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर आफूहरू आफ्नै पिरमर्कामा अड्किन नहुने उनको भनाइ थियो । 'भ्रष्टाचारमा फसेका आफ्ना मान्छेलाई छुटाउनका लागि यो संसदमा उपस्थित कसैले पहल गर्नु हुँदैन । यो संसदमा उपस्थित कसैले अनियमिततामा संलग्न हुनु हुँदैन । म मेरो छातिमा हात राखेर हाम्रो पार्टीका कोही पनि अनियमिततामा संलग्नु हुने छैन र भएँ भने निर्मम भन्दा निर्मम सजाय भोग्न तयार छौं भन्न चाहन्छु,' लामिछानेले भने ।

यस्तै उनले आफूहरू सरकार बनाउनका लागि मात्रै सरकारमा सामेल नभएको र दुई शीर्ष नेताले त्यसप्रति गरेको प्रतिबद्धताका कारण मात्रै सामेल भएको पनि बताए । उनले भनेका थिए, 'हामी जनताको अपेक्षाभन्दा फरक किसिमको कुनै काम कारबाही भए सरकार वा पदमा बसिरहने छैनौं । म प्रधानमन्त्रीलाई यो रोस्टमबाट यो कुरा स्पष्ट राख्न चाहन्छु ।'

उनले नेपाली जनताले जानेर वा नजानेर असाध्यै राम्रोसँग मत दिएको बताए । ‘हामीलाई पनि नमात्तिने गरी मत दिनुभएको छ । पुराना दलहरुलाई पनि अब चाही सच्चिनु होला भनेर दिनु भएको छ । यो मतलाई हामीले स्वागत गर्नुपर्नेछ', उनले भने ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकबासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौं’ उनले भने, ‘हाम्रो सांसदहरुको सांसदका कारण शीर झुकाउनुपर्ने छैन । कुनै अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौं ।’

 

प्रतिकृया दिनुहोस