प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त, यस्तो छ राजनीतिक पृष्ठभुमी

Hikmat karki pradesh pramukh

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

विद्यार्थी पृष्ठभूमिबाट उदाएका कार्की संसदीय राजनीतिको दोस्रो यात्रामा मुख्यमन्त्री बन्न सफल भएका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए । कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

कार्की एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् । ओलीकै निर्वाचन क्षेत्र झापा ५ (१) बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की पार्टीभित्रबाट सर्वसम्मत मुख्यमन्त्री पदका उम्मेदवार बनेका थिए ।

११ असोज २०२१ मा तत्कालीन गौरादह गाउँ पञ्चायतमा बुबा बमबहादुर र आमा जानुकादेवी कार्कीको तेस्रो सन्तानका रुपमा जन्मिएका कार्कीको हालको बसाई पनि गौरादह नगरपालिका ३ गौरादह बजारमा छ ।

मुख्यमन्त्री कार्की २०३६ मा तत्कालीन मालेको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । उनी जिल्ला तह हुँदै २०५५ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय अध्यक्ष समेत बनेका थिए । विद्यार्थी राजनीति तथा अध्ययनको सिलसिलामा काठमाडौं प्रवेश गरेका उनी अनेरास्ववियुको राष्ट्रिय अध्यक्षपछि पार्टी राजनीतिमा निरन्तर सक्रिय भए ।

एक कार्यकाल एमाले काठमाडौं जिल्ला कमिटी सदस्य तथा अर्को एक कार्यकाल पार्टीको उपत्यका कमिटी सदस्य समेत भए । २०६२र६३ को जनआन्दोलनपछि कार्की गृहजिल्ला झापा फर्किएका थिए । लगत्तै पार्टीको मेची अञ्चल कमिटी सदस्य हुँदै २०७१ मा नवौं राष्ट्रिय महाधिवेनबाट कार्की पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए । उनले २०७१ देखि २०७३ सम्म पार्टीको मेची अञ्चल समन्वय कमिटी इन्चार्जको भूमिका समेत निर्वाह गरेका थिए ।

पञ्चायतकालमै कार्की परिवारका ७ मध्ये तीन सन्तान कम्युनिस्ट आन्दोलनमा होमिएका थिए । त्यसमध्ये पारिवारका दुवै दाजुभाइ हिक्मत र दीपक कार्की एमालेको पूर्णकालीन राजनीतिमा सक्रिय छन् । मंसिर ४ को निर्वाचनमा नवनिर्वाचित मुख्यमन्त्री कार्की गठबन्धनअन्तर्गत कांग्रेसका जीवनकुमार राईलाई ५ हजार ४ सय ७२ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...