एकीकृत समाजवादीले बनायो वाम एकता गर्न वार्ता समिति, संयोजकमा भुसाल

Cpn us politbyuro mitin

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा समिति बनाएको हो ।

समितिमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेका छन् । समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए ।

अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एककिृत समाजवादी) बीच एकता पहल भइरहेको छ । जनता समाजवादीले पनि विचार मिल्नेसँग एकता गर्नेगरी वार्ता समिति बनाइसकेको छ ।

गत भदौमै माओवादीसँग एकताका लागि संयोजन समिति बनाउने निर्णय समाजवादीले गरेको थियो । तर माओवादीसँगको एकता प्रक्रिया अघि बढ्न सकेको छैन । तर, पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेपछि एककिृत समाजवादी र माओवादीबीच दुरी बढेको छ । यसले तत्काल माओवादीसँग एकता हुने सम्भावना छैन ।

‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रश्ताव पारित गरेका थियौँ । हामी वाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ । यसै विषयमा व्यापक छलफल गरेका छौँ’, उनले भने, ‘विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४/५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो । बाँकी जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निष्कर्ष निकाल्ने छ ।’

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय पुस २६ गते मात्रै गर्ने जानकारी दिए । उनले अहिले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीले केही निर्णय नगरेकाले पुस २६ गतेसम्म प्रतिक्षा गर्न आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...