पूर्वमन्त्री रामबीर मानन्धर र प्रभु साहबीच भेटवार्ता, मानन्धरले आम जनता पार्टीलाई साथ दिने

Rambir manandhar prabhu shah

काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वमन्त्री प्रभु साहबीच सहकार्य गर्ने सहमति भएको छ ।

लामो समयदेखि सहकार्यमा रहेका आम जनता पार्टीका अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने सहमतिसमेत गरेका छन् ।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए ।

साहले भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै चुनाव जितेका थिए । र आफू निकटलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । तिनै स्वतन्त्रहरुलाई साथ लिएर साहले आम जनता पार्टी गठन गरेका छन् ।

मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो । उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो । उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ,’ यादवले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...