रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

साहको एमाले प्रवेशसँगै प्रतिनिधिसभामा एमालेको सांसद संख्या ७९ पुग्यो

Kiran saha uml prabesh

काठमाडौं । रौतहट -२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । सो अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

लामो समय नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेका साह मधेसवादी दल हुँदै २०७७ सालमा एमालेमा प्रवेश गरेका थिए । उनी अहिले फेरि एमालेमै फर्किएका हुन् । साहको एमाले प्रवेशसँगै प्रतिनिधिसभामा एमालेको सांसद संख्या ७९ पुगेको छ ।

साह रौतहटको क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहसँग मिलेर चुनावमा उठेका थिए । हालै मात्र प्रभु साहले गठन गरेको आम जनता पार्टीमा उनलाई पनि राखिएको थियो । तर‚ उनी त्यसमा बस्न चाहेका थिएनन् ।

पार्टीले टिकट नदिएको र आफ्नो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । साहले गत मंसिर ४ मा भएको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका फिरदोस आलमलाई हराएका थिए । उनले आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका थिए । साह ३२ हजार ८४२ मतका साथ विजयी भएका थिए । उनी २०७४ को संसदीय चुनावमा पूर्वमन्त्री आफताव आलमसित भने १ हजार ५ सय ५५ मतले पराजित भएका थिए ।

साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षर सहितको सहमति हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...