खनालको दस्तावेजले भन्छ, वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिन्छ

Cpn us politbyuro mitin

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताइरहेका बेला बरिष्ठ नेता झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् ।

सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताएका छन् । तर, सो बैठकमा पूर्वप्रधानमन्त्री रहेका खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका हुन् ।

‘सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन् । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन’, १० पृष्ठको देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले भनेका छन्, ‘त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता हो ।‘

खनालले शनिबार भएको स्थायी कमिटीको बैठक मौखिक रुपमा राखेको धारणालाई सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव रुपमा लगेका हुन् । तर, नेपाललेसोबैठकमा भनेका छन्, ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं ।’

बैठकमा पेस भएको खनालको लिखित दस्तावेज:

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...