सरकारमा जाने विषयमा अल्झियो एकीकृत समाजवादी, भोली मात्रै टुंगिने

Cpn us miting

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जाने कि नजाने विषयको छलफल पार्टीको पोलिटब्यूरो बैठकसम्म जानसक्ने बताए । पार्टी कार्यालय, आलोकनगरमा शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै उपमहासचिवसमेत रहेका खतिवडाले स्थायी कमिटी सदस्यहरुले आफ्नो विचारबारे राखिरहेको बताए ।

उनले कुनै पनि दलसँग एकता नहुने स्पष्ट पारे । खतिवडाले एमालेसँग एकताको हल्ला चलिरहेको विषयमा स्पष्ट पार्दै तत्काल एकताको सम्भावना नरहेको बताए । उनले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताए । बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए ।

‘पार्टी विलय वा एकीकरण गर्ने गरी हामीले कुनै काम गरेका छैनौँ । त्यसमा हाम्रो रूचि पनि छैन,’ उनले भने, ‘हामी वाम एकता गर्दै एजेण्डाहरुमा अघि बढ्ने रूचि छ। यो अथवा त्यो पार्टीसँग एकता हुँदैछ भन्ने हल्ला निराधार हो ।’

भोलिसम्म बैठक चल्न सक्ने भन्दै उनले भने, ‘सरकार गठन गर्दा पुरानो गठबन्धन क-कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ । सरकारमा जाने वा नजाने विषयमा पोलिटब्यूरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुनसक्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...