गठबन्धनमा सामेल हुन एकीकृत समाजवादीमा दबाब, आजको स्थायी कमिटी बैठकले फाइनल गर्ने

Madhab nepali

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज स्थायी समितिको बैठक बोलाएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन् । एकीकृत समाजवादीभित्र गठबन्धनमा आबद्ध हुन नसके सांसदहरु जोगाउन नसकिने चिन्ता देखिएको पार्टीभित्र नेताहरु बताउन थालेका छन् ।

पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ । केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्य सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धि हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने जस्ता सुझाव दिएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नेपाललाई सत्तारुढ दलका नेताहरूले आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डसहित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेता महेश बस्नेतलगायत माओवादी केन्द्रका नेताहरूले समेत सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...