प्रभु साहले खोले नयाँ पार्टी, साहका सहयात्री बने बद्री न्यौपानेदेखि करिमा वेगमसम्म

Prabhu sah ghosana

काठमाडौं । नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेसमेत छाडेका प्रभु साहले बिहीबार आम जनता पार्टी गठन गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् उनले देशमा अर्को राजनीतिक दल थपेका हुन् ।

बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।

नयाँ पार्टी निर्माणका लागि प्रभु साहलाई ब्रदी न्यौपानेले साथ दिएका छन् । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए । एमालेले जसपासँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले एमाले छाडेको घोषणा गरेका थिए । न्यौपाने उनै हुन्, जसले तत्कालीन समयमा मधेसी जनअधिकार फोरमलाई कडा टक्कर दिएका थिए ।

माओवादी पृष्ठभूमिका उनी २०७७ मा नेकपा विभाजन हुँदा केपी शर्मा ओली नेतृत्वको समूहमा लागेर पछि एमालेमा समाहित भएका थिए । तर मंसिर ४ को चुनावअघि एमाले सचिव रघुवीर महासेठसँगको द्वन्द्वका कारण लिइसकेको टिकट पनि छाडेर रौतहट ३ बाट स्वतन्त्र उठेका थिए ।

कांग्रेस र माओवादीको साथ पाएपछि स्वतन्त्रबाट विजयी उनले रौतहट २ बाट विजयी अर्का सांसद किरण साहलाई पनि साथमा लिएका छन् । किरण पनि स्वतन्त्र विजयी भएका प्रतिनिधिसभा सदस्य हुन्। साहको पार्टीमा सांसद साहलाई संसदीय विभाग प्रमुख बनाइएको छ ।

एमालेबाट सांसद हुन नपाएका न्यौपानेलाई साहले पार्टीको बागमती र गण्डकी प्रदेश तथा विदेश विभाग इन्चार्ज बनाएका छन् । विवादित पृष्ठभूमिकी नेतृ करिमा बेगमले पनि यो पार्टीमा जिम्मेवारी पाएकी छन् । उनलाई आम महिला मोर्चाको इन्चार्ज बनाइएको छ । उनी जनता समाजवादी पार्टीले एमालेसँग चुनावी तालमेल गरेपछी मंसिरको ४ को चुनावमा पर्सा क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उठेकी थिइन् ।

उनी मंसिरसम्म जसपाकिी केन्द्रीय सदस्य थिइन् । उनले मधेस विरोधी दल एमालेसँग चुनावी गबठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले गद्दारी गरेको आरोप लगाएकी थिइन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम ०७४ को निर्वाचनमा समानुपातिकतर्फ मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

पार्टीको प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल रहेका छन् भने इन्चार्जमा रामप्रित राम रहेका छन् । यस्तै मधेस प्रदेशमा श्रीचम मुखिया अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्री न्यौपाने इन्चार्ज छ ।

यसैगरी गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र इन्चार्ज बद्री न्यौपाने नै रहेका छन् भने लुम्बिनीमा परमानन्द बर्मा अध्यक्ष र रितादेवी यादव इन्चार्ज छन् । यस्तै कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा केशव राय चौधरी र इन्चार्ज कुन्दन कुश्वाहा रहेका छन् । सो पार्टीले विभिन्न जनवर्गीय संगठन तथा विभाग पनि बनाएको छ ।

रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा बिहीबार आम जनता पार्टी गठन गरेका हुन् । बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...