माधवकुमार नेपाल भन्छन्, केपी ओली आफ्नो घर आए रातो कार्पेट ओछ्याएर स्वागत गर्छु !

Miting 14

काठमाडौं । एमालेसँग पार्टी एकीकरणको चर्चा चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले पार्टी एकताको विषयमा कुनै छलफल नभएको बताएका छन् । अध्यक्ष नेपालले केही दिन यताको बजारहल्लाको पछि नलाग्न जनसंगठन र प्रवास क्षेत्रका पदाधिकारीहरुलाई निर्देशन दिए ।

आज भएको जुम बैठकमा अध्यक्ष नेपालले कतिपयले एमाले अध्यक्ष केपी ओलीले भेट्न खोजेको छ तर आफुले वास्ता नगरेका कुरा हल्ला मात्रै भएको पनि बताए । ‘केपी ओली मेरो घरमा आए म रातो कार्पेट ओछ्याएर स्वागत गर्छु नि’ नेपालले भने, ‘केही दिन यता एमालेका नेता विष्णु पौडेलसँग भेट भएको एकदम असत्य हो । उहाँबाहेकका अरु नेता कमरेडहरुसँग चाँही भेटघाट भइरहेकै छ ।’

अध्यक्ष नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन र एकीकृत वाम शक्ति निर्माण गर्न आफु सकारात्मक रहेको बताए । उनले एमालेसँग छलफल गर्न कुनै समस्या नरहेको र त्यसका लागि पुराना कुरा कोट्याएर सबै दोश आफुलाई थोपार्न खोजे स्वीकार्य नहुने बताए । उनले विद्रोहको बहस गर्न परे पनि तयार रहेको बताए ।

विगतको गठबन्धन तोड्न नेपाली कांग्रेस दोशी रहेको बताउँदै नेपालले शेरबहादुर देउवा भन्दा प्रचण्ड प्रधानमन् बन्नु सकारात्मक रहेको बताए । उनले तत्काल सरकारमा सहभागी बन्ने वा नबन्ने कुरा स्थायी कमिटीको बैठकबाट टुंगो लाग्ने बताए । तर, नेपालले यो सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने बताए ।

सो बैठकमा सहभागीहरुमध्ये केहीले सरकारमा जानुपर्ने, केहीले पार्टी एकता गर्नुपर्ने र केहीले पार्टीले उठाउँदै आएका मुद्दलाई स्थापित नगरी कुनै पार्टीसँग एकता नगर्न सुझाव दिएका छन् । तर, अधिकांसले वृहत वाम एकताको पक्षमा लाग्न सुझाव दिएका छन् ।

यसअघि बुधबार एकीकृत समाजवादीले सबै जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरुसँग जुममार्फत वर्तमान अवस्थाको विषयमा राय सुझाव लिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...