सरकार सञ्चालनमा ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बन्ने, संयोजक केपी ओली

Satta gathabandhan kp prachanda rajendra rabi

काठमाडौं । सत्ता साझेदारलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । सत्ता साझेदार दलका १–१ नेता रहने गरी न्यूनतम साझा कार्यक्रम तयारी समिति बन्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनकाअनुसार ५ दिनभित्र सरकारले न्यूनतम साझा कार्यक्रम तय गर्नेछ । त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे विषयमा मोडामोटी छलफलसमेत गरेको छ ।

गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन् । तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइसकिएको छैन ।

प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ ।

आजको बैठकमा सरकारलाई समर्थन गरेका सातै दलका नेता सहभागी हुने भनिए पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको मात्र उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...