बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु

Satta gathabandhan kp prachanda rajendra rabi

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

मन्त्रिपरिषद विस्तार, सरकारको मूल नीति र कार्यक्रम लगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट ७ मन्त्रीले सपथ लिएका थिए । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ ।

आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...