राप्रपा सरकार जाँदा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने मुख्य सर्त

मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने अर्काे सर्त

Rpp baithak

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा सहभागी बन्ने भएको छ । राप्रपाले न्युनतम साझा कार्यक्रममा सहमति गरेर भए पनि सरकारमा जाने निर्णय गरेको हो ।

हाल राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको छ। तर, सरकारमा सहभागी भएको छैन । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ ।

संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ । तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन । यद्यपि राप्रपाका अधिकांश नेताहरू सरकारमा सहभागी हुन सुरुदेखि नै तयार देखिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...