प्रचण्ड सरकारको पहिलो निर्णय, राहदानी बनाउने लाइन हटाइने

Mantri parisad baithak 1

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।

राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने बताए । मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...