राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने, समर्थन चाँही गर्ने

Rajendra ranjita

काठमाडौं । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको राष्ट्रिय प्रजातनत्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएका छन् ।

संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताए ।

उनले राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई समर्थन गर्ने निर्णय मात्र गरेको बताए । सरकारमा जाने वा नजाने विषयमा पुनः पार्टीको बैठकबाट निर्णय गर्ने उनले बताए ।

‘अहिले तत्काललाई नयाँ सरकार निर्माणमा समर्थन गर्ने भनेको छ र बाँकी निर्णय पछि गर्छ भनेको छ’ उनले पत्रकारहरुसँग भने । पार्टीले निर्णय नगरेका कारण तत्काल सरकारमा नजाने अध्यक्ष लिङ्देनले बताए ।

नागरिक उन्मुक्ति पार्टील सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन । सरकारमा जान्नौं ।’

उनले माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको बताइन् । पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सरकारमा सहभागी नहुने भनेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले खबर पठाएको ब्रिफिङ गरेका थिए । राप्रपाले सरकार बनाउन समर्थन गरेका छौँ, हाम्रा एजेण्डा पनि सरकारमै गइहाल्ने छैनन्,’ प्रचण्डले ब्रिफिङमा भने, ‘नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीलाई रिहाइ नहुन्जेसम्म सरकारमा सामेल नहुने जानकारी  केही समय सहभागी नहुने जानकारी आएको छ ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...