प्रचण्डलाई समर्थन गर्दा रास्वपामा असन्तुष्टी, कार्कीले लेखे यस्तो स्टाटस

Ganesh karki

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पार्टीको उक्त निर्णयप्रति असहमति जनाएका छन् ।

प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेसँगै रास्वपा पनि सरकारमा सहभागी हुने तयारी छ । तर उक्त निर्णयप्रति रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका हुन् ।

हिजो आइतबार मात्र रास्वपासमेत ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सात दलका १६६ र र ३ स्वतन्त्र गरी उनलाई १६९ सांसदको समर्थन छ ।
प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर आइतबार छलफल गरेका थिए ।

राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै आफूहरुले वकालत गरेको स्मरण गर्दै कार्कीले प्रश्न गरेका छन्, ‘हामीले आफ्नो तर्फबाट राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकौंला ? खारेजै गर्नुपर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौंला ? हाम्रो पार्टीको चरित्र र हिजो हामीले आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ?’

पार्टीलाई पठाएको असहमति पत्रमा केन्द्रीय सदस्य कार्कीले लेखेका छन्, ‘सत्ता स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर आमनागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरु जस्तै छौँ भन्न ‘आफ्नै कान किन आफैले चिर्न थाल्यौँ ?’ यो प्रश्नको जवाफ मसँग छैन ।’

पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...