चीनले दियो प्रचण्डलाई पहिलो बधाई

Prachand

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीनले बधाई दिएको छ । अन्य देशले भने अहिलेसम्म औपचारिक रुपमा बधाई दिएका छैनन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्री भएकोमा बधाई दिएको हो । प्रचण्ड आइतबार नेकपा (एमाले) सहित ६ दलको समर्थनमा प्रधानमन्त्री बनेको हुन् । उनको शपथ भोलि हुँदैछ ।

आइतबारै प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...