माओवादी नेताहरूलाई प्रचण्डको ब्रिफिङ : कांग्रेसले गठबन्धन टुटायो

Prachand

काठमाडौं । सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ । कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए ।

आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले नै पाउनुपर्ने अडान दोहोर्‍याएको थियो । ‘अर्को प्रस्ताव हामीले पार्टीको कार्यसमितिबाट पारिन गर्नुपर्ने हुन्छ । त्यो अहिले सम्भव छैन । त्यसैले हामीलाई समर्थन गर्नुहोला,’ बैठकमा कांग्रेसले प्रस्ताव गरेको प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले बताए ।

कांग्रेसले आफ्नो अडान परिवर्तन नगरेपछि प्रचण्डसहित नेपाल र झलनाथ बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट बाहिरिँदै गर्दा प्रचण्डले माओवादी नेताहरूलाई बैठकबारे ब्रिफिङ गरेका थिए । ‘कांग्रेसले गठबन्धन टुटायो भन्ने अध्यक्षको भनाई थियो,’ ती नेताले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...