माओवादी संसदीय दलको उपनेतामा वर्षमान र जनार्दनको दाबी

Janardan ra barshaman

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको उपनेतामा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले दावी गरेका छन् ।

माओवादीको संसदीय दलको बैठक बिहीबार ४ बजे सिंहदरबारमा बस्दैछ । संसदीय दलको नेतामा भने कुनै नेताले दावी नगरेका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोधजस्तै छन् ।

तर उपनेतामा भने पुन र शर्माले दावी गरेका उनीहरु निकट नेताहरु बताउँछन् । यद्यपि उनीहरुले आफूहरुको दावी संसदीय दलको बैठकमा राख्ने भन्दै सार्वजनिक रुपमा बोलेका छैनन् ।

दुबै नेताले पार्टीको महासचिवमा पनि दावी गरेका थिए । तर प्रचण्डले अन्तिममा देव गुरुङलाई महासचिव बनाए भने पुन र शर्मालाई उपमहासचिव बनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...