कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, थापाले पाएनन् आफ्नै समूहको मत

Deuba

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए ।

निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।

महामन्त्री थापाले आफ्नै समूहको पनि मत पाएनन् । उनले २५ मत मात्र ल्याए । जबकि १४ महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तीमा ३२ सांसद अहिले निर्वाचित भएका थिए । अहिले तिनै सांसदमध्ये केहीले कित्ता परिवर्तन गरेका छन् ।

थापाका लागि सहयोग गर्न विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि आएका थिए । यस हिसाबले हेर्दा थापाको मत बढ्नुपर्ने थियो । तर कोइराला समूहभित्रैको छद्म असन्तुष्टि र सत्ताको प्रभाव समेतले गर्दा गगनले आफ्नै समूह र त्यसमा जोडिन आइपुगेका सबैको मत पाएनन् ।

गत महाधिवेशनको समिकरण अनुसार कोइराला र थापा समूहमा अहिले शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल सांसद बनेका थिए ।

यीमध्ये केही देउवा पक्षमा गएका छन् । गोप्य मतदान भएकाले कसले देउवालाई सघाए खुलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...