कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन, दुवैले गराए उम्मेदवारी दर्ता

Gagan deuba

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो ।

थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थक गरेका छन् । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् । मंगलबार बसेको इतर पक्षको बैठकले गगन थापालाई संसदीय दलको साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यसैगरी सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...