एकीकृत समाजवादीले बुझायो ९ जना समानुपातिकको नाम

Cpn us bilding

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले ९ जना प्रदेश सांसदको नाम छनोट गरेको हो ।

एकीकृत समाजवादीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ ।

वाग्मती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १/१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो । उक्त पार्टीले गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सदस्य निर्वाचित गर्न आवश्यक मत पुर्‍याउन सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...