यस्तो छ माओवादीले बुझाएको समानुपातिक सांसदको सुची, को को परे ?

Maoist meeting

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।

माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँ छिन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...