कांग्रेसले बुझायो देउवा पत्निदेखि निधिसम्मको नाम (सुचीसहित)

Nepali congress bilding

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकार निवासमा जारी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।

महामन्त्री गगन कांग्रेसले खसआर्यको पहिलो नम्बर रहेका डा. प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ ।

पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेताहरु थिए । खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए । यस्तै थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए ।

प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउनुपर्ने डा. शेखर कोइराला समूहको लबिङ थियो । उनलाई लैजान बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि रोजेका छन् । यससँगै गोपालमान श्रेष्ठ, योगेन्द्र चौधरी र फरमुल्लाह मन्सुर समानुपातिक सांसद बन्न सकेनन् ।

आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी, मुस्लिमको पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई रोकेर कांग्रेसले महत, निधि र परियारलाई मौका दिएको छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीको क्रमअनुसार खस–आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने छ ।

आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचा सांसदमा निर्वाचित हुनेछन् ।

यस्तै मधेसी कोटाबाट पुरुषको १ नम्बरमा नाम रहेका निधि छनोट हुँदा चार जना महिलाले अवसर पाएका छन् । जसमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सांसद बन्ने भएकी छन् । दलिततर्फ ५ जनाको प्रतिनिधित्व भएको छ । यसमा पुरुषतर्फ सहमहामन्त्री परियारलाई सांसद बनाउने निर्णय पार्टीले लिए चार महिला सांसद हुनेछन् ।

दलितबाट महासनाई नेपाली, शान्ति विक, रूपा विक र सीता मिजार सांसदमा निर्वाचित हुने भएकी छन् । मुस्लिमतर्फ कम्तीमा एक जनाको प्रतिनिधित्व गर्दा जावेदा खातुन सांसद बन्नेछिन् ।

यी हुन् कांग्रेसले बुझाएको सुची

आदिवासी जनजातितर्फ

१) सरस्वती बजिम

२) लिलादेवी बोखिम

३) सिताकुमारी राना

४) सुशीला थिङ

५) सपना राजभण्डारी

६) माया राई

७) कुसुम थापामगर

८) मनोरमा सेरचन

खस आर्यतर्फ

१) अम्बिका बस्नेत

२) सरिता प्रसाईं

३) आरजु राणा देउवा

४) ईश्वरी न्यौपाने

५) प्रतिमा गौतम

६) मञ्जु खाँण

७) रमा कोइराला पौडेल

८) कान्तिका सेजुवाल

९) मैना रावल कार्की

मधेसीतर्फ

१) नागिना यादव

२) मुक्ताकुमारी यादव

३) चन्दा चौधरी

४) संगीता मण्डल

५) निनुकुमारी कर्ण

दलिततर्फ

१) शान्ति विक

२) रुपा विक

३) सीता मिजार

४) आशा विक

थारुतर्फ

१) कल्पना चौधरी

२) विनाकुमारी थनेत

मुस्लिमतर्फबाट

१) जावेदा खातुन् जागा

पुरुष

१)जीवन परियार (दलिततर्फ)

२) विमलेन्द्र निधि (मधेसतर्फ)

३) प्रकाशशरण महत (खस आर्यतर्फ)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...