समानुपातिक सांसद छान्न दलहरुलाई सकस, आज सबै दलले बैठकबाट टुंग्याउने

Mat ganana

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउने आज अन्तिम दिन हो । त्यसका लागि अधिकांस राजनीतिक दलहरुको सचिवालय बैठक आज बस्दैछन् ।

निर्वाचन आयोगको निर्देशन अनुसार आज अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने छ। प्रत्येक राजनीतिक दलमा आकांक्षीहरू धेरै भएका कारण समानुपातिक सांसद छान्न सकस भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार बैठक बोलाएका छन् ।

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने जानकारी दिए ।

समानुपातिकतर्फका नाम निर्वाचन आयोगमा बुझाउने अन्तिम दिनसम्म पनि नेपाली कांग्रेसलाई नाम छनोट गर्न सकस देखिएको छ । समानुपातिकमा पाएका ३२ मध्ये २९ सिट महिलाका लागि छुट्याउनुपर्ने भएपछि बाँकी तीन पुरुषतर्फका नाममा सहमति जुटाउन नेतृत्वलाई समस्या देखिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ ।

नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनिवार्य उपस्थित हुन कांग्रेस केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...