एमालेको सचिवालय बैठक एकाएक स्थगित, यस्तो छ कारण

Uml meeting

काठमाडौं । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए ।

मालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको हो । त्यसका लागि शुक्रबार नै पार्टी सचिवालयको बैठक बोलाइएको भए पनि एकाएक स्थगित गरिएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि त्यसबारे निर्णय गर्न एमालेले आज बैठक बोलाएको थियो । आयोगले दलहरुलाई भोलि शनिबारसम्म नाम बुझाउन भनेको छ ।

प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ । यसअघि एमालेले ११० जनाको बन्दसूची आयोगलाई बुझाएको थियो । त्यहीभित्रबाट सिट अनुसार नामहरु मिलाएर पठाउनुपर्नेछ । तर, एमालेलाई समानुपातिकमा कलष्टर मिलाउन समस्या भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...