बढ्यो उपेन्द्र यादवको सक्रियता, आफु हारे पनि पार्टीलाई सरकारमा लाने दाउमा

Upendra yadav

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको सक्रियता पछिल्लो समय ह्वात्तै बढेको छ ।

चुनावको मुखमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेका यादव आफू चुनाव हारे पनि पार्टीलाई भने सत्तारोहणको लागि निर्णायक शक्ति बनाउन सफल भएको चर्चा छ । जसपाबाट ७ जनाले चुनाव जितेका छन् भने समानुपातिकतर्फ ५ सिट पाएका छन् । प्रतिनिधिसभामा १२ सिट प्राप्त गरेको जसपा सरकारमा जाने तयारीमा जुटेको छ ।

अध्यक्ष यादवले केही दिनअघि मात्रै नेकपा एमालेसँग चुनावी तालमेल मात्रै भएको र चुनाव सकिएलगत्तै एमालेसँगको तालमेल सकिएको घोषणा गरेका थिए । यादवको उक्त अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा गरेको छ ।

संघीय परिषद् अध्यक्ष अशोक राईले यादवको अभिव्यक्ति व्यक्तिगत भएको भन्दै एमालेसँगको सहकार्य निरन्तर अघि बढ्ने अभिव्यक्ति दिए । त्योसँगै उनले जसपा सरकारमा जाने संकेत गरेका थिए । त्यसका लागि उनले प्रचण्ड र सत्तारुढ दलका नेताहरुसँग भेटघाट बाक्लो बनाइरहेका छन् ।

यादव भने पार्टी सरकारमा सहभागी हुनेगरि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन् । यो बीचमा यादवले दाहालसँग दुई पटक एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् ।

प्रचण्ड पनि यादवको साथ लिने र सरकारमा आफ्नो नेतृत्व दाबी गर्ने तयारीमा छन् । सरकार गठनअघि नै उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने पनि तयारी गरेका छन् । उद्यपि एकीकृत समाजवादीले भने तत्काल पार्टी एकताको प्रक्रियाअघि नबढेको जनाएको छ ।

माधव नेपाल र उपेन्द्र यादवको साथ लिएर उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग टेबुल टकमा बस्न चाहेका छन् । देउवासँग उनले आलोपालो प्रधानमन्त्रीको सहमति गरिसकेका छन् । तर, प्रचण्ड पहिलो चरणमै आफू प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसको लागि उनले माधव नेपाल र यादवको साथ खोजेका छन् । बरु, माधव नेपाल र यादवका पार्टीलाई राम्रो मन्त्रालय दिन पनि उनी तयार छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...