कतार विश्वकप २०२२ मा मोरक्को पहिलोपटक पुग्यो क्वार्टरफाइनलमा, बाहिरियो स्पेन

Spain vs morocco

काठमाडौं । सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मोरक्को ३६ वर्षपछि नकआउट चरणमा पुगेको थियो ।

गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो ।

मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो । बडर बेनौनको प्रहार भने विफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको मोरक्को र स्पेनले दोस्रो हाफमा राम्रो मुभ बनाए पनि स्कोर गर्न सकेनन् ।

जारी विश्वकपमा पेनाल्टी शुटआउटबाट नतिजा टुङ्गो लागेको यो दोस्रो खेल हो । यसअघि क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

मोरक्को १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो । समूह एफ को समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको मोरक्कोले समूह चरणमा क्रोएशियासँग गोलरहित बराबरी खेलेको थियो । बेल्जियमलाई २–० ले हराएको मोरक्कोले समूह चरणको अन्तिम खेलमा क्यानडालाई २–१ ले हराएको थियो ।

सन् १९७० को विश्वकपमा पहिलो पटक सहभागी भएको मोरक्कोले दोस्रो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको थियो । पहिलो सहभागितामा नै समूह चरणमा सीमित बनेको मोरक्को त्यसपछिका ३ संस्करणमा छनोट नै हुन सकेन । १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्कोले त्यसयता २०२२ मा पहिलो पटक नकआउट चरणमा छनोट भएको थियो ।

१९६ मा नकआउट चरणबाट बाहिरिएपछि १९९० मा विश्वकपमा स्थान बनाउन नसकेको मोरक्को त्यसयताका दुई सस्करणमा समूह चरणमै सिमित बन्दै आएको थियो । २००२ देखि २०१४ सम्म विश्वकपमा स्थान बनाउन नसकेको मोरक्को २०१८ मा समूह चरणमै सीमित बनेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...