एमाले प्रतिनिधि परिषदको बैठक : सत्ता बाहिर बस्दा कांग्रेस प्रतिसोधमा उत्रिएको टिप्पणी

यस्तो छ तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन

Kp oli

काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषदको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा सत्ता घटक दल नेकपा माओवादीप्रति नरम र अर्काे घटक एकीकृत समाजवादीप्रति गरम नीति लिइएको छ । नेपाली कांग्रेसप्रति भने सत्ता बाहिर रहँदाको प्रतिसोधको रुपमा विष्लेषण गरिएको छ ।

शनिबार भएको पार्टीको प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अघि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यवहारिक र लाभदायी नहुने निष्कर्ष निकालेका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी मोर्चामार्फत वामपन्थी एकताको गृहकार्यमा लागेका वेला सत्ता साझेदार दलको नेतृत्व गरेको एमालेले भने तत्काल वामपन्थी एकता सम्भव नहुने निष्कर्ष निकालेको हो । उनले कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक नहुने बताए ।

मुलुकका गम्भीर समस्याहरू समाधानका लागि निरन्तर संवाद आवश्यक भएको बताएका ओलीले यसअघिको सत्ता गठबन्धनले एमालेप्रति भने प्रतिशोध, मुठभेड र निषेधको नीति लिएको बताएका हुन् । यसअघिको सत्ता गठबन्धनले राष्ट्रिय हितमा आघात पुर्‍याउने गोप्य सहमतिहरूसमेत गरेको आरोप लगाएका छन् ।

‘महत्वपूर्ण राष्ट्रिय प्रश्नहरुमा प्रतिपक्षलाई साथमा नलिने मात्र होइन, जानकारी दिने न्यूनतम औपचारिकतासम्म पूरा गरेन । राष्ट्रिय हितमा आघात पुऱ्याउने कतिपय प्रश्नमा गोप्य सहमतिहरू गरिए । त्यो अलोकतान्त्रिक र अराजनीतिक तरिका थियो । हामी त्यसो गर्ने छैनौं । मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्षलगायत सबैसँग सार्थक संवाद गर्ने हाम्रो नीति हुनेछ’ ओलीको प्रतिवेदनमा उल्लेख छ । ओलीले हिजोको गठबन्धनले राष्ट्रिय हितविपरीत के-के गोप्य सहमति गर्‍यो भन्ने भने खुलाएका छैनन् ।

त्यस्तै सत्ताबाट बाहिरिनुपर्दा कांग्रेसले प्रतिशोधको राजनीति गरेको पनि एमाले अध्यक्ष ओलीको आरोप छ । कांग्रेसले नयाँ समीकरण बन्न नदिन हरसम्भव प्रयास गरेको पनि उनको भनाइ छ । उनले भनेका छन्, ‘फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गयो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्यो । तर कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा सङ्लग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसङ्गत आधार छैनन् ।’

त्यस्तै सहकारी ठगी प्रकरणमा पनि कांग्रेसले राजनीतिक प्रतिशोधको भावनाले प्रश्न उठाएको ओलीको तर्क छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने माग संसद्‍मा उठाइरहेको छ । तर एमाले अध्यक्ष ओलीले भने सहकारी ठगीमा गम्भीर छानबिन हुनुपर्ने भए पनि निश्चित व्यक्तिलाई कांग्रेसले निशाना बनाएको बताएका छन् ।

उनले भनेका छन् ‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखा परेका छन्, बचतकर्ताहरूको अर्बौं रकम हिनामिना भएको छ र यसको गम्भीर छानबिन गरी दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्छ । यस विषयमा पार्टी स्पष्ट छ । तर निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन ।’

‘राजनीतिक शक्ति सन्तुलन र पार्टीहरू बिचको सम्बन्ध’, उपशीर्षकमा ओलीको प्रतिवेदनमा भनिएको छ, ‘आजका दिनमा भने सबै सकारात्मक शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नु बढी महत्त्वपूर्ण छ ।’

अध्यक्ष ओलीले अहिलेको सत्ता सहकार्यका बारेमा पनि आफ्नो दस्ताबेजमा चर्चा गरेका छन् । उनले अहिलेको सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि भएको दाबी गरेका छन् । ‘सत्ता परिवर्तन सत्ता प्राप्तिका लागि मात्रै होइन । यो राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, लोकतन्त्रको रक्षा र विकास गर्ने, विकास र समृद्धिको यात्रालाई गति दिने तथा जनतामा आशा र भरोसा जगाउने साझा सङ्कल्पका साथ भएको समीकरण हो’, ओलीको दाबी छ ।

उनले अहिलेको सत्ता समीकरण निश्चित राजनीतिक विचारधाराले भन्दा पनि आवश्यकताले भएको र दिशानिर्देश गरिरहेको बताएका छन् । उनले मुलुकमा गम्भीर समस्याहरू रहेको र तिनको समाधानका लागि सबै राजनीतिक पार्टीहरू माझ निरन्तर संवाद आवश्यक भएकोमा जोड दिएका छन् । ‘मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ’, ओलीले भनेका छन् ।

मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका का राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्ष लगायत सबैसँग सार्थक संवाद गर्ने एमालेको नीति हुने ओलीले बताएका छन् । साथै उनले नेपाली कांग्रेस अचानक सत्ताबाट बाहिरिन पर्दा आक्रोशित, क्षुब्ध र हताश देखिएको टिप्पणी गरेका छन् ।

‘यही हताशाले उसलाई प्रतिशोधको राजनीतिमा पुर्‍याएको छ’, ओलीले फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन कांग्रेसले हरसम्भव प्रयास गरेको छ’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

यही प्रयास सफल पार्न कांग्रेसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गरेको दाबी गरे पनि उसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा सामेल भएको बताएका छन् । ‘ती दलहरू नयाँ समीकरणमा संलग्न हुनासाथ ऊ यति बेला हताश मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोध बाहेक कुनै तर्कसङ्गत आधार छैनन्’, ओलीले भनेका छन् ।

बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...