काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

राजनीतिलाई पेशानभई सेवा ठान्ने दिलबहादुर

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्यो बेला पंचायत शासनसत्ताको बिरुद्ध लाग्ने जोकोही पंचायकालिन क्रुर शासकको नजरमा अपराधी सावित हुने मात्रनभई जीवनको आहुति नै दिनुपर्ने जर्जर अवस्था थियो । जहानियाँ राणा शासनको अन्त्यपछि स्थापित पंचायतकालीन शासनकालमै वि.सं २०१५ साल कात्तिक १० गते जन्मिएका दिलबहादुर सिंहले २० वर्षको उमेरदेखि आफूलाई राजनीतिक आन्दोलनमा समाहित गराए ।

पंचायतकालदेखि नै आफूलाई राजनीतिक सिपाहीको रुपमा अग्रपंतीमा उभिएका उनै सिंह यतिखेर चुनाबी मैदानमा आफै योद्धाका रुपमा उदाएका छन् । हो, २०३५ साल देखि निरन्तर राजनितिक आन्दोलनमा होमिएका सिंह यतिखेर यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट कलम चिन्ह लिएर बझाङ क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेका छन् ।

नेकपा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज समेत रहेका सिंह यतिखेर चुनावी माहौललाई तताउँदै रआफ्नो प्रचार रफ्तारलाई बढाउँदै घर दैलौम अभियानमा खटिरहेका छन् ।

सामाजिक विभेदविरुद्ध सधै सशक्त रुपमा प्रस्तुत हुने सिंह बझाङको समग्र बिकासका लागि सधै अग्रसर भएर काम गरेको इतिहास रहेको छ ।

जनताको मनमनमा बस्नसफल सिंहले गरेका कार्य नै उनको चुनाव जित्ने मूल आधार रहेको त्यहाँका जनताहरु बताउँछन् । अन्याय , दमन, शोसक , छुवाछुतलाई सधैका लागि अनत्य गर्नुपर्छ भन्ने अभियानमा लागेका सिंहलाई छिट्टै सफलको गुच्छाले बेर्न आम मतदाताहरु आतुर रहेको चुनावी कार्यक्रममा पुगेका बेलाका दृष्यले नि छर्लंग पारिरहेको छ ।

 उनी जहाँ जान्छन् जनताको छोरो जनताकै लागि चुनिएर पठाइने उत्तम प्रतिनिधिका रुपमा देखा परिरहेका छन् । उनी जाने स्थानमा देखिएका स्वागतका ति अनेक बान्कीहरुले पनि उनलाई जिततर्फ उन्मुख गराईरहेको देख्न सकिन्छ । उनको उपस्थितिले जनतामाझ एकखालको उर्जा प्रकट भएको समेतदेख्न सकन्छि ।

२०३५ सालमा अनेरास्वबियूको सदस्यता लिएका सिंहले २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्थाको पक्षमा मतदान गरेका थिए ।

२०३८ सालमा स्ववियु निर्वाचनमा जयपृथ्वी क्याम्पसमा स्ववियू सभापतिमा निर्वाचित भएका थिए । पंचायतीशासनव्यवस्थाढाल्नका लागि गरिएको बहुदलीय आन्दालेनको बेला २०४६ मा उनलेनेतृत्वदायीभूमिकानिर्वाह समेतगरेका थिए ।

२०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी बझाङको संथापक जिल्ला कमिटी सदस्य भएका उनी बिभिन्न बिभागीय प्रमुखको जिम्मेवारी बहन गर्दै २०५४सम्म युवा संघ बझाङको जिल्ला कमिटी अध्यक्ष रहेका थिए ।

२०४९ सालमा स्थानीय निकाय जिबिस उप–सभापती पराजीत भएका उनी २०५४ सालमा सोहीपदमा बिजयी भई २०५९ सुम्म कामगरेका थिए ।

पार्टीले दिएका जुनसुकै मोर्चामा रहेर पनि कुशल कार्यकौशलता प्रदर्शन गर्ने सिहं २०६२–६३ सालमा प्रमुख संयोजकको भुमिकामा रहँदै आन्दोलन गरिरहँदा प्रहरी हिरासतमा पटक-पटक पुगेका थिए ।

२०६९ सालमा ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित सिंह २०७५ सालमा प्रदेश कमिटी सचिवालय सदस्य भएका थिए ।

यसपछि तत्कालिन एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका सिंहले आफ्नो सम्पूर्ण ध्यान जनताको सेवामैसमर्पित गराएका छन् ।

 राजनीतिलाई पेशा नभएर सेवाको रुपमा अंगिकार गरेका सिंहको चुनावी माहौलमा जनताले दिइरहेका सुभेच्छा नै जितका लागि कडी हो भन्दा फरक नपर्ला ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...