धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या नरहने बताएका छन् ।

धनकुटा काठमाडौं सम्पर्क समाजको सातौं साधारणसभामा खानेपानी मन्त्री राइले विगतमा धनकुटा सदरमुकामसहित विभिन्न क्षेत्रमा खानेपानीको समस्या रहँदै आएकोमा अब धनकुटेली जनताले खानेपानीको समस्या झेल्नु नपर्ने बताए ।

‘विगतमा बजेटको अभावले धनकुटा सदरमुकामसहितका क्षेत्रमा पर्याप्त खानेपानीको व्यवस्था हुन सकिरहेको थिएन । जसले गर्दा गाउँमा आमाहरुले, गृहिणीहरुलाई समस्या हुँदै आएको थियो’ उनले भने ‘अब यो वर्षदेखि बजेटको अभावमा कुनै पनि ठाउँमा खानेपानीको अभाव हुन दिने छैन । म जसरी पनि धनकुटेली जनतालाई पर्याप्त पानी पिउन सक्ने बनाउँछु ।’

मन्त्री राईले आफुले बोलेको वचन ढिलो चाडो पूरा गर्ने प्रतिवद्धता पनि जनाए । ‘म तल्लो तहदेखि आएको हुँ । मैले डोकोमा पानी बोकेको छु । पराल बोकेको छु । त्यही भएर मलाई तल्लो तहको अवस्था थाहा छ’ उनले भने, ‘अब मैले जसरी पनि वोलेको वचन पुरा गर्नुपर्छ । म पनि जनताको छोरो हुँ, ढिलो चाढो वचन पूरा गर्छु । म कहिले धनकुटेली जनतालाई निरास बनाउने छैन ।’

सो साधारणसभामा बुढालिनकण्ड नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, सांस्कृतिक संस्थानका उपकुलपति शम्भु राई, धनकुटा एफएमका अध्यक्ष गोपाल बराइली, अभियानकर्ता लाक्पा तामाङ लगायतले धनकुटाको विकास र समृद्धिका लागि राजनीतिक विचारभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । उनीहरुले जो जहाँ बसे पनि जिल्ला र जिल्लावासीको हितको बारे सोच्नुपर्ने र सोही अनुसार लाग्नुपर्नेमा पनि जोड दिए ।

धनकुटा काठमाडौं सम्पर्क समाजका अध्यक्ष चन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको सो साधारणसभाको उदघाटन कार्यक्रमको सञ्चालन समाजका सचिव कुमार थापाले गरेका थिए भने स्वागत समाजकी उपाध्यक्ष चिनीमैया दाहालले गरेकी थिइन् ।

अक्षयकोष स्थापना
धनकुटाबाट काठमाडौंमा आएर बसोबास गर्दै आएका धनकुटेलीहरुलाई आपतविपतमा सहयोग गर्ने उदेश्यले धनकुटा काठमाडौं सम्पर्क समाज अक्षय कोषको स्थापना भएको छ । सो कोषमा रकम संकलन पनि शुन थालेको छ ।

समाजाको सातौं साधारणसभामा खानेपानी मनत्री तथा धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले ६१ हजार १ सय, चिनीमैया दाहालले १० हजार,कलाकार दीपक आचार्य (काकु) ले १० हजार लगायतले रकम जम्मा गरेका हुन् । यो कोषमा एक वर्षमा २० लाख पुर्याउने र सो कोषबाट प्राप्त हुने व्याजबाट असाहय गरिव र समस्या झेल्दै आएका धनकुटेलीलाई सहयोग गरिने समाजका निवर्तमान सचिव कुमार थापाले बताए ।

१३ जनाको कार्यसमिति गठन
सो सातौं साधारणसभाले पुरानै अनुहारलाई निरन्तरता दिएको छ । जसको अध्यक्षमा चन्द्रबहादुर बस्नेत दोहोरिएका छन् । उपाध्यक्षमा चिनीमैया दाहाल, सचिवमा होमबहादुर गोम्देन, सहसचिवमा इन्द्रबहादुर बस्नेत, कोषाध्यक्षमा विलबहादुर बस्नेत र सहकोषाध्यक्षमा डिल्लीबहादुर थापा चयन भएका छन् । सचिव गोम्देन मात्रै नयाँ हुन् ।

त्यसैगरी सदस्यहरुमा सरोज पौडेल, हिक्मतबहादुर थापा, प्रमिला आचार्य, रेणु बस्नेत, अस्मिता बरुवाल, गिता तामाङ (राई) चयन भएका छन् । त्यसैगरी सो साधारणसभाले संरक्षक र सल्लाहकारहरु पनि चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...