दीपक मनाङे औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा प्रवेश

Depak manange

काठमाडौं । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) मंगलबारदेखि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा लागेका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेलाई मंगलबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव बेदुराम भुसाल सहितले स्वागत गरे । मनाङेलाई सोमबारै अध्यक्ष माधवकुमार नेपालले कोटेश्वरस्थित निवासमा पार्टी प्रवेश गराएका थिए ।

प्रदेश सरकारको पहिलो कार्यकालमा पनि एमाले नेता पृथ्वी सुब्बा गुरुङको सरकारमा मन्त्री बने । तर पछि गुरुङकै सरकार ढालेर कांग्रेसका कृष्ण चन्द्र पोखरेल नेपालीको सरकार बनाउन सघाएर त्यतै मिसिए । तर यस पटक एमाले, माओवादी र कांग्रेसमा लाग्दा लाभको पद नपाउने भएपछि उनी समाजवादीतिर लागेका हुन् ।

गण्डकीमा अहिलेसम्म समाजवादीका कुनै सांसद निर्वाचित भएका छैनन् । समानुपातिकबाट एक जना आउने सम्भावना छ । यस्तोमा मनाङे मन्त्री हुन नसके संसदीय दलको नेता बनेर सुविधा उपयोग गर्न पाउने छन् । यदि दलको नेता नबने उनी मन्त्री हुनेछन् । अध्यक्ष नेपालले उनलाई मन्त्री बनाउने सर्तमा भित्र्याएको स्रोतले जनाएको छ ।

मनाङेले आफू स्वतन्त्र रहनुभन्दा दलमा लागेर राजनीतिक गर्नु उचित ठानेकाले यो निर्णय लिएको पनि बताएका छन् । नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका मनाङेले पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताए ।

‘मन्त्री ठूलो कुरा होइन । मलाई ठूलो मन्त्री अफर गरेको थियो । तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ । म मुख्यमन्त्रीमा दाबी गरेर काठमाडौं आएको होइन । मुख्यमन्त्री दिए पनि मलाई काम छैन । त्यसका लागि अनुभव चाहिन्छ । त्यसको अनुभव पनि छैन,’ उनले भने । मन्त्री नभए पार्टी नछोड्ने दाबी गरेका मनाङेले यदी पार्टी छोड्नुपरे राजनीतिबाट सन्यास लिने पनि बताए ।

‘मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ। तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले भने, ‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशनअनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...