शिवाकोटीलाई पराजित गर्दै दोलखामा माओवादीका गंगा कार्की विजयी

Ganga karki

दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ५१८ मतान्तरले विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन् ।

दोलखामा सत्ता गठनब्धनले बुथ कब्जा गरेको उजुरी परेपछि निर्वाचन आयोगले केहि मतदान केन्द्रमा भने मंसिर १५ गते पुनः मतदान गरेको थियो । समानुपातिक मतपेटीकामा परेका प्रत्यक्षतर्फको मत गणना गर्ने सर्वदलीय निर्णय भएकाले मतान्तरको अंकमा भने फरक पर्न सक्ने जनाइएको छ ।

दोलखामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भए ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...