दोलखामा गंगा कार्कीले लिए अग्रता, एमालेका शिवाकोटी ११९५ मतले परे पछि

Ganga karki balkrishna shiwakoti

दोलखामा गंगा कार्कीले लिए अग्रता, एमालेका शिवाकोटी ११९५ मतले परे पछि दोलखा । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् ।

माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् । भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा शिवाकोटीले ३९६ मत पाएका थिए । यस्तै लामाबगरबाट कार्कीले २७५ र शिवाकोटीले २६० मत पाएका छन् ।

अब शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना जारी छ । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...