जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘चुनावसँगै एमालेसँगको सहकार्य सकियो, अब नयाँ ढंगले अघि बढ्छौं’

Upendra yadab

विराटनगर । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष यादवले अब नयाँ धरातलमा नयाँ ढंगले अगाडि बढ्ने बताए । ‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

उनले अब संघ र प्रदेशमा कसको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीको कार्यसमिति बैठकले एउटै नीति लिने बताए । ‘कसले सरकार बनाउँछ, त्यसले नीति के लिन्छन् त्यसले हाम्रो मुद्दालाई कसरी हेर्छन् र राष्ट्रिय समस्याहरुलाई कसरी हल गर्छन् । ती कुराको प्रस्टताका आधारमा हामीले समर्थन, विरोध वा सहकार्यको कुरा हुन्छ,’ उनले भने, ‘मुलुक आर्थिकरुपले निकै तल जाँदै छ त्यसलाई कसरी सम्हाल्नेलगायत विषय हेरेर सरकारको समर्थन गर्छौं, आँखा चिम्लेर समर्थन गर्दैनौं ।’

‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो’, अध्यक्ष यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ–आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’ यादव मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी(२ मा जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउतसँग पराजित भएका थिए ।

अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउने जस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए ।

नेपालको राजनीतिक इतिहासमा परिवर्तन ल्याउने दल परिवर्तनपछिको नेतृत्वबाट बञ्चित भएको र परिवर्तन उल्टिने गरेको यादवले बताए । ‘परिवर्तन बडो कठोर र बलिदानबाट प्राप्त हुने तर ग्रासरुटका जनताले त्यसको अनुभूति गर्न नपाउने दुर्भाग्यपूर्ण इतिहास छ,’ उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनबाट परिवर्तन ल्याएका दलहरुको आपसी एकताको महत्व छ । त्यसको एकताले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउँछ ।’

अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।

‘घण्टी छाप आएको छ । चुनावभन्दा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो । जनमत पार्टीले मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो । उसको मूल स्लोगन नै मधेश इज नट नेपाल थियो । त्यसो भनेर आएको पार्टीले म्यान्डेट पायो,’ यादवले भने, ‘अहिलेको परिवर्तन होइन, पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो । यो अध्ययनको विषय हो । पुराना पार्टी र नेताहरुले गरेको कामबाट अलिक फस्टेट भएर नेगेटिभ भोटबाट आएको हो कि ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...