माओवादीले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने,

Maoist miting

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपेक्षाकृत सिट हासिल नभएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले चुनावी परिणामको प्रारम्भिक समीक्षा गरेको हो ।

माओवादीले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको गरेको छ । गठबन्धन बहुमततर्फ उन्मुख भइरहँदा माओवादीले अरु दलसँग पनि संवादको ढोका खुलै राख्नुलाई एमालेप्रति ग्रीन सिग्नलका रुपमा लिइएको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको ढोका खुला राख्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

‘गठबन्धन छाड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प खुला राख्ने निर्णय भएको छ ।’ महराले भने, ‘आज प्रारम्भिक समीक्षा भयो, संघमा अपेक्षा गरे जसरी सिट हासिल गर्न सकिएन भन्ने छ, अब सबै परिणाम आएपछि विस्तृतमा समीक्षा हुन्छ ।’

माओवादीको पदाधिकारी बैठक सोमबार अपराह्न २ बजे पनि बोलाइएको छ । उक्त बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देव गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...