एमाले र एकीकृत समाजवादीबीच आरोप प्रत्यारोप, आरोप पुष्टि गर्न दुबैको यस्तो छ चेतावनी

Ilam uml us

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि नेकपा एमाले र सोही पार्टीबाट गत वर्ष मात्रै विभाजन भएको नेकपा (एकीकृत समाजवादी) बीच दुरी बढेको छ । इलाम निर्वाचन क्षेत्र नं. १ को निर्वाचनलाई लिएर एमाले र एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ ।

बुधबार मात्रै एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ का संयोजक उदयबहादुर राईले एकीकृत समाजवादीका सम्मानित नेता तथा प्रनिनिधिसभा उम्मेदवार झलनाथ खनालले मतपेटिका साटेको, जथाभाबी बोलेको र बम पड्काएको आरोप लगाउँदै विज्ञप्ती निकालेका थिए । त्यसको प्रतिरोध गर्दै नेकपा एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न चेतावनी दिएको छ ।

इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेता खनालले धाँदलीपूर्ण तरिकाले निर्वाचन भएको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए । तर, एमालेले खनाललाई जथाभावी नबोल्न चेतावनी दिएको थियो ।

एकीकृत समाजवादी इलामले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।

‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विना नै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 
 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...