स्याङ्जा २ मा धनराजको अग्रता कायमै, क मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी

Vojraj aryal syanja

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् ।

कटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद अर्याललाई २ हजार ७ सय ३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भोजराजले १५ हजार १ सय ६१ मत प्राप्त गरेका छन् भने मोहनले १२ हजार ४ सय ३१ मत ल्याएका थिए ।

स्याङ्जा २ को मतगणना बुधबार रातिदेखि भएको थियो । कांग्रेसले मृत्यु भएका र विदेश गएका व्यक्तिको नाममा मतदान गरेको आरोप लगाउँदै एमाले लगायतका दलले पुनः मतदानको माग राखेपछि १० दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार दिउँसो मतगणना गर्न निर्देशन दिएपछि रातिदेखि मतगणना सुरू गरेको हो ।

अर्याल वालिङ नगरपालिकाका पूर्वमेयर हुन् भने, रेग्मी पूर्वप्रदेशसभा सदस्य हुन् । अर्याल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए ।

मोहन यसअघिको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनकै एकीकृत समाजवादीका रामचन्द्र भट्टराईले पनि यहाँ उम्मेदवारी दिएका थिए । पार्टीको निर्देशनमा उनले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका थिए ।

यता, स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच  दुई हजार ४१८ को मतान्तर देखिएको छ ।

प्रतिकृया दिनुहोस