सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित, ११२ मतले एमालेका कुसियैत पराजित

Gyanandra karki

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्ततः सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका कार्की झिनो मतले विजयी भए ।

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए । निर्वाचन आयोगले आधिकारिक रूपमा विजयी घोषणा गर्न भने बाँकी रहेको छ ।

सञ्चारमन्त्री कार्की कुसियैतभन्दा ११२ मत बढी ल्याउँदै विजयी भएका हुन् । उनले ३० हजार ४ सय ८३ मत ल्याए । एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।

मन्त्री कार्कीको जितसँगै कुसियैतको सत्तारोहणको सम्भावना टुंगिएको छ । मन्त्री कार्कीले सम्भावनाको ढोका खोलेका छन् ।

 

 

प्रतिकृया दिनुहोस