दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु, साँझ ५ बजेसम्म चल्ने

Dolakha matadan

काठमाडौं । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । ती मतदान केन्द्रमा ४ वटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेको उनले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर -३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...