राती १० बजेपछि स्याङ्जा २ को मतगणना सुरु, मतगणना सक्न ७ दिन लाग्नसक्ने

Mat ganana

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकबाट बुधबार राति ९ बजेबाट सुरु गर्ने भनिए पनि १० बजेपछि मतगणना सुरु गरिएको छ ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माले उनले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रसहित समानुपातिकको मतगणना सम्पन्न गर्न करिब ७ दिन लाग्नसक्ने बताए । स्याङ्जा २ मा प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा छ । मतदानका क्रममा धाँधली भएको विषयमा विवाद हुँदा हालसम्म पनि स्याङ्जा २ मा मतगणना सुरु हुन सकेको थिएन ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको थियो । नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको थिएन । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेपछि बल्ल मत गणना शुरु भएको हो ।

स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुनः मतदानको माग गरेका थिए ।

स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ ।

चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...