सुनसरीमा भगवती चौधरी विजयी, गच्छदारको पहिलो हार

Bhagawati chaudary

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् ।

उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।

यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।

०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा बहने देखिने छैनन् ।

एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनी चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।

चौधरीलाई ०७० मा भएको दोस्रो संबिधानसभामा ३६२ मतले र पछिल्लो ०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई मतको अन्तरले पराजित गरेकी छिन् ।

 

प्रतिकृया दिनुहोस