४५३ मतले गोमा तामाङलाई पराजित गर्दै सुनसरी १ बाट जसपाका अशोक राई निर्वाचित

Ashok rai

सुनसरी । सुनसरी क्षेत्र नं १ मा एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दै विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन) ले १६ हजार ६ सय ६ मत पाइन् । राई र तामाङले पाएको मतान्तर ४ सय ५३ मात्र रहेको छ ।

गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ प्राप्त गरे । राप्रपाका उम्मेद्वार भएका अशोक राई (अविरल) ले ७ हजार ८ सय ८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोले ७ हजार ८ सय १२, तर्कबहादुर मगरले ३ हजार ८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

सुनसरी १ मा कुल मतदाता संख्या १ लाख ४१ हजार ७ सय ७८ हजार रहेकोमा ७८ हजार ९ सय ११ हजार मत खसेको थियो । तीमध्ये ७३ हजार २१ मत मात्र सदर भएको थियो । ५ हजार ८ सय ९० मत वदर भएको थियो ।

प्रतिकृया दिनुहोस